पर्सा जिल्लाबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, चितवनबाट बयानको लागि विरगञ्ज ल्याइने

जीतपुर, मंसिर १९ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले रास्वपा एवम् पूर्वगृहमन्त्री सभापति लामिछानेविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार पर्साको एक सहकारी ठगी प्रकरणमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि पर्सा अदालतबाट अनुमति लिइएको हो । सभापति लामिछानेमाथि पर्सा जिल्लाको वीरगञ्जको सानो पाइला बचत ऋण तथा सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।

सभापति लामिछानेसँगै अन्य १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पूूर्जी जारी गरेको छ । पर्सा जिल्ला अदालतले अनुसन्धान गर्ने अनुमति दिएको हुदा समय मिलाएर लामिछाने विरगञ्ज ल्याएर अनुसन्धान गरिने प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक लम्साले बताए ।

सभापति लामिछानेविरुद्ध यसअघि कास्की, रुपन्देही, काठमाण्डौ र चितवनमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।