डुमरवाना दुग्ध सहकारीको २९औँ वार्षिक सभा सम्पन्न

बारा, मंसिर २९ गते ।

डुमरवाना दुग्ध उत्पादन सहकारी संस्थाको वार्षिक सभा सम्पन्न भएको छ ।मधेश प्रदेशकै उत्कृष्ट दुग्ध उत्पादन सहकारीको रूपमा परिचित रहेको उक्त सहकारीको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष होमनाथ पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री जनार्दनसिंह क्षेत्री रहनुभएको थियो । २ हजार ८ सय ३३ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष पण्डितले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक तेजप्रसाद चौलागार्इँले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलले गर्नुभएको थियो ।

सहकारीले विभिन्न विधामा काम गर्ने व्यक्तिहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । यसरी सम्मान पाउनेहरुमा सर्वोत्कृष्ट किसान त्यस्तै उत्कृष्ट कर्मचारी, उत्कृष्ट व्यापारी, उपकेन्द्र उत्कृष्ट किसान लगायतसञ्चारका क्षेत्रबाट कृषिका क्षेत्रमा कलम चलाउने, किसानका समस्या उजागर गर्ने र चेतना फैलाउने भूमिका निर्वाह गरको भन्दै संस्थाले सञ्चारकर्मी प्रदीप गौतमलाई सम्मान गरेको थियो

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी लगायत स्थानीय जनप्रतिनिधि, सहकारी क्षेत्रका विज्ञ, शिक्षासेवी, समाजसेवी तथा दुग्ध किसानहरुको सहभागिता रहेको थियो ।