- एस.एस. पटेल, बारा ।
बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा बेवारिसे अवस्थामा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यलय, बाराको कार्यालय नजिकै झाडिमा सनाखत नभएको पुरुषको शव आइतवार बिहान फेला परेको हो ।
अन्दाजी करिब ५५ वर्षीय पुरुषको शव तामागढीमा जाने स्थानीयले देखे पछि ईलाका प्रहरी कार्यलय, निजगढमा जानकारी गराएका थिए । कालो वर्णको, दाह्री पालेको, तत्काल नामथर, ठेगाना नखुलेको, उनी सो क्षेत्रमा बारम्बार देखा पर्ने, मानसिक सन्तुलन ठिक नभएका ती व्यक्ति रहेको स्थानीयले बताएका छन् ।
भोक र जाडोका कार उनको मृत्यु भएको हुँन सक्ने अनुमान गरिएको छ ।



