बारा, वैशाख १७ गते ।
बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) डाइनामिक नेताको रुपमा आफुलाई स्थापित गर्दै अघि बढिरहेका छन् । जनताको गुनामा प्रत्यक्ष रुपमा सामेल भएर जनताको समस्याको सामाधान गरेर आफुलाई बारामा स्थापित नेताको रुपमा चिनाउन सफल भएका छन् ।
उनी बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपनि बाराको सम्पुर्ण क्षेत्रका जनताको समस्यामा अघि बढेको देखिन्छ । श्रेष्ठ नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रि हुदा पनि मन्त्रालयलाई निकै एक्सनमा ल्याएका थिए । उनी स्वयम आफै जनताको समस्य बुझ्न सेवाग्राही बनेर अनुगम गरेर ठाँउको ठाँउ निर्देशन दिएर समस्याको निकास दिने गर्थे ।

अहिले देशमा शिक्षकहरु एक महिना देखी आन्दोलित हुदा उनी शिक्षकहरुको आन्दोलनमा एक्यवद्धता समेत जनाएका छन् । उनी आफै स्वयम शिक्षक आन्दोलनमा पुगेर शिक्षकहरुको माग बारे बुझेका छन् ।
शिक्षकको माग सम्बोधन हुने गरि सदनमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गरेका हुन् । उनले शिक्षा मन्त्रि देखी प्रधानमन्त्रि सम्मलाई भेटेर शिक्षकहरुको जायज माग संबोधन गराउने बताएका छन् ।



