यस वर्ष जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर-७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । दुई वर्ष देखि कोरोनाको माहामारीको कारण धुमधामका साग आयोजना हुन नसकेको दुर्गा पुजा यश वर्ष धुमधामका साथ आयोना हुने भएको हो ।

प्रदेश नम्वर २ मा कोरोनाको संक्रमण न्यून भए पनि कोरोनाको मापदण्ड पालना गरि आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिने श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहले बताउनु भयो ।

अध्यक्ष साहले एक बैठकमा भने “यस वर्षको दुर्गा पुजा धुम्धामका साथ हुने छ । आयोजक टिमले सम्पुर्ण नगर बासि भक्तजनहरूलाई दुर्गा पुजामा सहयोग गर्न आग्रह गरेको छ । यसपालिको दुर्गा पुजा पनि हरेक वर्ष झै जीतपुरको पुरानो स्वास्थ्य चौकि अर्थात शान्तिटोलमा आयोजना गरिने छ ।