बारा, वैशाख २१ गते ।
मधेश प्रदेश सरकारले यही वैशाख २३ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले मंगलबार जानकी नवमी (सीता जयन्ती)को अवसरमा बिदा दिने निर्णय गरेको हो ।
गृह, सञ्चार तथा कानून मन्त्रालयले आज आइतबार एक सूचना जारी गर्दै मंगलबार जानकी नवमी (सीता जयन्ती)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहने जानकारी दिएको हो ।
साथै, आगामी जेठ २८ गते कबिर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।



