चितवन, वैशाख २२–
बागमती प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक तथा कानुन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको थियो। सरकारी कामकाजको भाषा सम्बन्धि दिवसको अवसरमा पारेर बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभयो ।
गत चैत २१ गते बागमती प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।




