बारा, असार १३ गते ।
बारा प्रहरीले बिल बिजक भन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक जङ कार्कीको नेतृत्वमा खटिएको प्रहरीले टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा सवारी जाँचका क्रममा करिब ४३ लाखभन्दा बढीको राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित प्रहरी चेकप्वाइन्टमा मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई प्रहरीले जाँच गरेको थियो । प्रहरीका अनुसार ट्रकमा फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो ।



