मेरो व्यक्तिगत जिवनको विषयमा अनावश्यक बोल्ने अधिकार कसैलाई छैन: गायिका एलिना चौहान

असार १९ गते ।

गायिका एलिना चौहानले आफ्नो व्यक्तिगत जिवनको विषयमा अनावश्यक बोल्ने अधिकार कसैलाई नभएको बताएकि छन् । उनले एक टिभि कार्यक्रममा अन्तर्वार्ता दिदै मेरो व्यक्तिगत जिवनको विषयमा बोल्ने अधिकार कसैलाइ नरहेको बताएकि हुन् ।

गायिका एलिना चौहानको डिभोर्स पछि विभिन्न सामाजिक सञ्जालमा केही अराजक समुह र व्यक्तिले उनको चरित्रहत्या हुने गरि सामग्री सम्प्रेषण गर्ने र एलिनाले पोष्ट गरेको सामग्रीमा अनावश्यक कमेन्ट गर्दै आएपछी उनि कानुन समकक्ष गुहार समेत मागेकी छन् । उनले दर्जनौ माथि साईवर व्युरोमा उजुरी समेत हालेकी छन् ।

उनले सामाजिक संजालबाटै पटक पटक यस्ता किसिमको पोष्ट वा कमेन्ट नगर्न आग्रह गर्दापनी अराजकतावादीहरूले अटेर गरेपछी उनी साईवर व्युरोमा उजुरी दिएको बताएकी छन् ।

टिभि कार्यक्रममै बोल्दै गायिका चौहानले आफ्नो परिवार र समर्थकहरूलाई धन्यवाद दिदै अराजक गतिविधि गर्नेलाई यसै गरि जवाफ दिने बताएकी हुन् ।

उनले नेपाल सरकारको प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत आफुले उजुरी दिएको मान्छेहरूलाई समातेर कानुनमा व्यवस्था भएको सबै भन्दा ठुलो सजाय दिन समेत आग्रह गरेकी छन् । उनलाई प्रधानमन्त्री र गृहमन्त्रीले सकारात्मक प्रतिबद्धता समेत गरेका छन् ।