बारा, कार्तिक ७ गते ।
जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं ११ मा रहेका आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारलाई सञ्चारकर्मी ओमप्रवेश यादव र सामाजिक अभियन्ता सुनिता यादव दम्पतिद्वारा कपडा वितरण गरिएको छ।
आगामी छठ पर्वलाई लक्षित गरी समाजसेवी भावना र साझा उत्तरदायित्व सहित यादव दम्पतिले वार्डभित्र बसोबास गर्ने दर्जनौं गरिब तथा असहाय परिवारहरूलाई न्यानो कपडा र आवस्यक सामग्री प्रदान गरेका हुन्।
कार्यक्रमका क्रममा सञ्चारकर्मी ओमप्रवेश यादवले समाजमा रहिरहेका पीडित, असहाय र आर्थिक रूपमा कमजोर नागरिकलाई सहयोग गर्दै जानु नै मानव धर्म भएको बताए। उनले आगामी दिनमा पनि सहयोग कार्य निरन्तर रहने जानकारी दिए।
त्यसै गरी सामाजिक अभियन्ता सुनिता यादवले समाजमा कसैलाई केही दिनु भन्दा ठूलो पुण्य केही नभएको बताउँदै सहकार्य र सद्भाव नै समाजको वास्तविक शक्ति भएको उल्लेख गरिन्।
स्थानीयहरूका अनुसार यादव दम्पतिद्वारा गरिएको यस प्रकारको सहयोग कार्यले सामाजिक सद्भाव, आपसी माया र उत्साह थपिएको छ। स्थानीयले धन्यबाद व्यक्त गर्दै निरन्तर सामाजिक उत्तरदायित्वमा प्रेरक व्यक्तित्वको रूपमा यादव दम्पतिको प्रशंसा गरेका छन्।



