जीतपुर स्कुलमा फहराइयो नेपालको झण्डा

  • एस.एस. पटेल, बारा ।

जीतपुर स्कुलको ग्राउन्डमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । जीतपुरको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा झण्डोत्तोलन गरिएको हो ।

नेपाल सरकारको शिक्षा मन्त्रालयले उपलब्ध गराएको नेपालको राष्ट्रिय झण्डा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, सोही वडाका वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पासवान, स्कुलका प्र.अ. राजु सिंह, स्कुल व्यवस्थापन समितिका सदस्य मुरारी पुरी लगायथ समाज सेवी, स्कुलका शिक्षकहरूले झण्डोत्तोलन गर्नुभएको थियो ।

झण्डोत्तोलन कार्यक्रमलाई सफल बनाउन ईलाका प्रहरी कार्यलय जीतपुरले सहयोग गरेको थियो । झण्डोत्तोलन संगै स्कुलले विद्यार्थीहरूमा छात्रवृत्ति रकम पनि वितरण गरेको थियो ।

हेर्नुहोस् यश कार्यक्रमको केही तस्बिरहरू: