- एस.एस. पटेल, बारा ।
विश्व रेबिज दिवसको अवसरमा भाेली मंगलबार सिमरामा कुकुरहरूलाई निशुल्क रेबिजको सुई लगाईने छ । सिमराको The Pet Shop मा घरपालुवा र घर बाहिरका सामुदायिक कुकुरलाई निशुल्क रेबिज विरूद्धको खोप लगाईने छ ।
सन २०३० सम्म कुकुरको टोकाईबाट रेबिज लागि मृत्यु हुनेको संख्या शुन्यमा झार्ने विश्वव्यापी अभियान सहितका नाराको साथ असोज १२ गते विश्व रेबिज दवसको अवसरमा कुकुरलाई निशुल्क रेबिज खोम लगाईदै छ ।
पुरानो ईलाका प्रहरी कार्यालय सिमराको ठिक पछाडि रहेको दि पेट सप र उचित भेट फर्माको संयुक्त आयोजनामा भोलि हुने निशुल्क रेबिज क्याम्पियनलाई नेपाल भेटेरीनरी एशोशिएसन र AVP पर्साले सहयोग गरेको छ ।
घरपालुवा र सामुदायिक कुकुरलाई निशुल्क रबिजको सुई भोलि बिहान ८ बजे देखी साझ ५ बजे सम्म सिमराको The Pet Shop मा लगाईने छ ।




