जीतपुरसिमरामा KIEC Nepal को १६औँ शाखा सञ्चालनमा

KIEC Nepal ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय वाणिज्य बैंकको माथिल्लो तल्लामा आफ्नो १६औँ शाखा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनसँगै यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा नजिकबाट उपलब्ध हुने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा केन्द्रीय कार्यालयका निर्देशक तथा विभिन्न शाखाका टोली सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रतिनिधिहरूले विशेषगरी मधेस क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै सहज, विश्वसनीय र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताएका छन्। विदेश अध्ययनप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विद्यार्थीलाई सही मार्गदर्शन दिन यस्तो पहल आवश्यक रहेको पनि उनीहरूले बताएका छन्।

KIEC Nepal ले लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको छ। यस संस्थाले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई अध्ययन गन्तव्य छनोटदेखि विश्वविद्यालय वा कलेज चयन, आईईएलटीएस/पीटीई जस्ता अंग्रेजी भाषा परीक्षाको तयारी, आवेदन प्रक्रिया, आवश्यक कागजात व्यवस्थापन तथा भिसा प्रक्रिया सम्मका सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको छ।

नयाँ शाखा सञ्चालनसँगै अब जीतपुरसिमरा तथा आसपासका क्षेत्रका विद्यार्थीहरूले राजधानी धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमै गुणस्तरीय परामर्श सेवा उपलब्ध हुँदा विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई थप सहजता हुने विश्वास गरिएको छ।