नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिमा रिता कँडेल मनोनित

बारा ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घकी सचिव रिता कँडेल नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को महिला उद्यमी विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ। उहाँको मनोनयनसँगै बारा जिल्लाको निजी क्षेत्र तथा व्यवसायिक वृत्तमा खुसी व्यक्त गरिएको छ।

लामो समयदेखि महिला उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी कँडेल हाल जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घ (JSCCI) की सचिवका रूपमा कार्यरत हुनुहुन्छ। उहाँको अनुभव र नेतृत्वले एफएनसीसीआईको महिला उद्यमी विकास समितिमार्फत महिला उद्यमीहरूको क्षमता विकास, उद्यमशीलताको विस्तार तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

मनोनयनपछि कँडेलले आफूलाई उक्त जिम्मेवारी प्रदान गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। साथै, उहाँले आफ्नो क्षमतामाथि विश्वास गर्दै अवसर प्रदान गर्ने जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घ (JSCCI) बारा परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।

उहाँको मनोनयनले बारा जिल्लाको व्यवसायिक क्षेत्रको प्रतिनिधित्व राष्ट्रिय स्तरमा थप सशक्त हुने विश्वास गरिएको छ। साथै, आगामी कार्यकालमा महिला उद्यमीहरूको हकहित, क्षमता अभिवृद्धि र उद्यमशीलताको विकासमा उहाँले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।