काठमाडौँ, साउन २६ ।
नेपाली बजारमा सुनको मूल्यमा आज पुनः उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सय रुपैयाँ मा झरेको थियो। त्यसअघि लगातार चार दिनमा भने सुनको मूल्य प्रतितोला १७ हजार ८ सय रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि आज उल्लेख्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।
सुनचाँदीको मूल्यमा लगातार देखिएको उतारचढावले नेपाली बजारमा यसको कारोबार र उपभोक्ताको खरिद क्षमतामा समेत प्रभाव पार्ने व्यवसायीहरू बताउँछन्।






