बारा — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले उद्योग समितिको आमन्त्रित सदस्यमा जीतपुर सिमरा क्षेत्रका उद्योगी उज्ज्वल कुमार श्रेष्ठलाई मनोनित गरेको छ।
एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका कार्यकारिणी समिति सदस्यसमेत रहेका उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा उद्योग समिति गठन गर्दै उनलाई समितिको आमन्त्रित सदस्यमा मनोनयन गरिएको जानकारी गराएका छन्।
महासंघले उद्योग क्षेत्रको विकास तथा महासंघलाई थप सशक्त रूपमा अघि बढाउने कार्यमा उद्योग समितिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। समितिलाई प्रभावकारी र क्रियाशील बनाउन श्रेष्ठको पूर्ण सहयोग रहने अपेक्षासमेत महासंघले गरेको छ।
उज्ज्वल कुमार श्रेष्ठ जीतपुर सिमरा उद्योग वाणिज्य संघसँग आबद्ध उद्योगी हुन्। एफएनसीसीआईले उनलाई उद्योग समितिमा जिम्मेवारी दिएसँगै बारा तथा जीतपुर सिमरा क्षेत्रको उद्योग–व्यवसायका मुद्दा राष्ट्रिय स्तरमा उठाउन थप अवसर मिल्ने अपेक्षा गरिएको छ।






