भोलि शनिबार जीतपुरमा नि:शुल्क आँखा, दाँत र शरीर चेकजाच शिविर हुने

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मंसिर ४ गते शनिबार नि:शुल्क आँखा, दाँत र शरीर चेकजान शिविरको आयोजना हुने भएको छ ।

जीतपुर फुटबल टिमको आयोनामा हुने नि:शुल्क शिविरलाई विरगञ्ज सामुदायिक आँखा अस्पताल र एभरेस्ट आँखा तथम दाँत उपचार केन्द्रले सहयोग गरेको छ ।

नि:शुल्क शिविर शनिबार बिहान ९ बजे देखि जीतपुरको शान्तिटोल स्थित रहेको आदर्श धर्मशालामा हुने आयोजकले जनाएको छ ।