- एस.एस. पटेल, बारा ।
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ६ को वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनमा सर्वसहमतमा वडा अध्यक्ष फजले हक अंसारी चयन हुनुभएको हो । सर्वसहमतमै अध्यक्ष सहित ४१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
नवगठित कमिटिमा उपाध्यक्षको पदमा कृष्ण बुढाथोकी, सचिवमा आजिर हुसेनले अंसारी, सह-सचिवमा मिश्रा ढुंगाना र विरेन्द्र सिंह सर्वसहमत चयन हुनु भएको छ ।
नेकपा एमाले जीतपुरसिमरा ६ को पहिलो अधिवेशनमा सबै पदाधिकारीहरू सर्वसहमतमा चयन भएका थिए भने नेकपा एमाले बारा जिल्लाका जिल्ला अध्यक्ष देवनारायण चौधरीले नवन्युक्त पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो ।




