जीतपुरकी ६० वर्षीय महिलाको कोरोनाले मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० वर्षीय बृद्ध महिलाको कोरोनाले नारायणी अस्पतालमा शुक्रवार बिहान ४ बजे मृत्यु भएको छ ।

जीतपुरकी ६० वर्षीय बृद्ध महिला सगैं विरगञ्जमा थप ६ जना गरि शुक्रबार मात्र ७ जनाको मृत्यु भएको कोभिड संयोजक डा. दासले बताए ।

वीरगञ्जमा बिहिवार र शुक्रवार (हिजो र आज) मात्रै २१ जना संक्रमितको मृत्यु भएको छ । बिहिबार १४ र शुक्रबार ७ जनागरी २१ जनाको मृत्यु भएको हो । कोरोनाको दोस्रो लहर सुरु भएदेखि वीरगञ्जको विभिन्न अस्पतालमा उपचाररत १ सय २३ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ७४ जना पर्सा जिल्लाको विभिन्न स्थानीय तहका बासिन्दा हुन् ।