पर्सा राष्टिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्र जनहित उपभोक्ता समिति सिमराले बन–बन्यजन्तु संरक्षणमा समुदाय स्तरमा चेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । आईतवार बन–बन्यजन्तु संरक्षणमा समुदाय स्तरमा चेतना अभिवृद्धिका लागि चोरी सिमकारी युवा जागरण अभियान अन्तरगत तराई भुपरिधि कार्यक्रम (ताल) चिवनको सहयोगमा यो कार्यक्रमको आयोजना गरिएको हो ।
मुसहर्निमाई मध्यवर्ति सामुदायिक बन उपभोक्तामाको प्राङ्गणमा कार्यक्रम आयोजना गरीएको यस कार्यक्रममा चोरी सिमकारी युवा जागरण अभियानका अध्यक्ष दिपक लामाको सभाध्यक्षता रहेको थियो भने जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठको प्रमुख आचिथ्यतामा रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले बन र बन्यजन्तुको संरक्षणले गनुृभनेको मानव जीवनको रक्षा गर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले वातावरणमा साकारात्मक प्ररिवर्तन ल्याउन बनका साथै बन्यजन्तुको संरक्षणपनि उतिकै आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा मुसहर्निमाई मध्यवर्ति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कुबेरदत्त न्यौपाने, जनहित उपभोक्ता समितीका सदस्य डिल्लि बहादुर थापा, सचिब राजन कुमार न्यौपान लगाएको उपस्थित रहेको थियो ।



