माडी नगरपालिकाले गर्यो माडीको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई नगद सहित सम्मान

  • एस.एस. पटेल ।

चितवन जिल्लाको माडी नगरपालिकाले खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ । माडिको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरका खेल प्रतियोगिताहरूमा पदक विजेता भएका खेलाडीहरूलाई नगरले नगद सहित सम्मान गरेको हो ।

माडी नगरपालिकाले आफ्नो आठौं नगरसभाको अवसरमा काठमाडौंमा सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वणर्पदक हात पारेका माडिका ललित राउत र काश्य पदक जित्नुभएको सिर्जना गुरुङलाई नगद सहित सम्मान गरेको छ ।

राउतलाई रू तीस हजार र गुरूङलाई रू बीस हजार सहित कदरपत्र प्रदान गरि सम्मान गरेको हो । सोही सन्भर्दमा मार्शल आर्टस्का प्रशिक्षक सन्तोष मर्दनीयालाई पनि नगरले सम्मान गरेको छ । सन्तोष माडी क्षेत्रमा तेक्वान्दोको विकास र प्रशिक्षणमा महत्वपूर्ण योगदान गर्नुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई पदक समेत जित्नुभएकोले नगद रु बिस हजार र कदरपत्र सहित सम्मान गरिएको छ ।

खेलाडीहरूलाई सम्मान गर्दै माडीका नगर प्रमुखले यसले खेलाडीहरूलाई खेलमा अघि बढ्न थप उर्जा मिल्ने बताउनु भएको थियो । साथै खेलाडीहरूलाई खेलमा झन अघि बढ्न र भविष्यमा थप सफलताको शुभकामना दिनुभएको थियो ।