जीतपुरमा कृष्टल गहना बनाउने तालिम शुरू, वडा अध्यक्ष गुप्ताद्वारा समुद्घाटन

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहाागरपालिका वडा नम्बर ७ जीतपुरमा कृष्टल गहना बनाउने तालिम शुरू भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र नारी शक्ति विकनस मञ्च जीतपुरको आयोजनामा जीतपुरमा डेढ महिने कृष्टल गहना बनाउने तालिम संचालन भएको हो ।

नारीशक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालको अध्यक्षता सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता प्रमुख अतिथिको रहनुभएको थियो । वडा अध्यक्ष गुप्ताले तालिमको समुद्घाटन गर्दै सफलताको शुभकामना दिनु भएको थियो ।

महिलाको लागि निकै भरपर्दो मानिएको कृष्टल गहना तालिमको प्रशिक्षण मुना खरेलले दिनुहुने छ । कार्यक्रममा बोल्दै आयोजक संस्थाकि अध्यक्ष आशा दहालले तालिम लिन ईच्छुक महिलाहरूलाई ध्यान दिएर तालिम लिन अनुरोध गर्नुभएको थियो ।

तालिम डेढ महिना संचालन हुने छ भने ३० जना महिलाहरू तालिम लिने अध्यक्ष दाहालले बताउनु भयो ।