बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिव घुस सहित अख्तियारको फन्दामा

  • एस.एस. पटेल, बारा ।

बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ११ का वडा सचिव घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो ।

साहले सेवाग्राही संग जग्गा नामसारी सिफारिस गर्दा तिन हजार पाँच सय रूपैयाँ घुस लिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार सेवाग्राहीले सुचना दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले घुस बापत‍्को रकम सहित वडा सचिव साहलाई मंगलबार पक्राउ गरेको हो ।

वडा सचिव साहलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको अख्तियार आयोगका सहायक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।