जीतपुरसिमरामा ट्रक र सुमो ठोकियो, ४ जना घाइते

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरास्थित पथलैया-वीरगञ्ज सडक खण्डमा पथलैया तर्फ जाँदै गरेको ट्रकमा पछाडीबाट सुमोले ठक्कर दिँदा ४ जना घाइते भएका हुन् । दुर्घटनामा ३ भारतीयसहित ४ जना घाइते भएका हुन ।

सिमरा तिरबाट पथलैया तर्फ जादैगरेको ना ४ ख ४५०० नम्बरको ट्रक लाई सोही दिशा तर्फ जाँदै गएको ना १ ज ३५६३ नम्बरको सुमोले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइते हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिका निवासी २१ वर्षीय रश्मि महर्जन, भारत बिहार बैशाली जिल्ला करताहा गाउ बस्ने ४८ वर्षीय प्रेम कुमार, बिहार छपरा जिल्ला समतपुर गाउ बस्ने २० वर्षीय साहथद आलम र सिकिन्दर आलम  रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकरी दिनुभएको छ । घाइतेहरुलाई सामान्य चोटपटक लागेको र उनीहरुको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता थापाका अनुसार दुवै सवारी साधनका चालकले मापसे नगरेको पाईएको छ । सुमो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको छ ।