भलुही क्रिकेट टुर्नामेन्टको उपाधी अल-फथाह् क्रिकेट क्लबलाई

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा सम्पन्न भलुही क्रिकेट टुर्नामेन्टको उपाधि अल-फथाह् क्रिकेट क्लब बौहरीले हात पारेको छ । जीतपुरको शान्ति युवा विकास मञ्चलाई हराउदै अल-फथाह् क्रिकेट क्लबले उपाधि आफ्नो हात पारेको हो ।

भलुही क्रिकेट क्लबको आयोजनामा फाल्गुन १४ देखि सुरू भएको भलुही क्रिकेट टुर्नामेन्टमा विभिन्न चरनको खेल खेल्दै अल-फथाह् क्रिकेट क्लब र शान्ति युवा विकास मञ्च फाईनलमा प्रवेश गरेको थियो । फाल्गुन १७ गते भएको फाईनल खेलमा मञ्चलाई ६ विकेटले पराजीत गर्दै उपाधि हात परेको थियो । शान्ति युवा विकास मञ्चले अल-फथाह् क्रिकेट क्लबलाई ९५ रनको लक्ष्य दिएको थियो भने अल-फथाह् क्रिकेट क्लबले १० ओभरमा ९६ रन जोडेर विजयी भएको हो ।

उपाधि हात पारेको अल-फथाह् क्रिकेट क्लबले रू दस हजार र दोस्रो हुने शान्ति युवा विकास मञ्चले पाँच हजार नगर सहित मेडल, कदरपत्र र सिल्ड प्राप्त गरेको थियो ।

असरफ मिया मंसुरीको अध्यक्षतामा सम्पन्न भएको फाईनल म्याचमा प्रमुख अतिथि रहनु भएका नेकपा एमाले मधेस प्रदेशका सदस्य मोविन आलमले स्थानिय खेलाडीहरूलाई राष्ट्रिय स्तरमा लगिनुपर्ने बताएका थिए । खेलमा निकै अबल रहेपनि खेलाडीहरूलाई सहयोग गर्ने हातहरू पहल गरिदिए सजिलै राष्ट्रिय स्तरमा खेल्न पाउने धारणा राख्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवान रहनुभएको थियो भने अतिथिमा हाकिम मिया, ईजराईल मिया मंसुरी, मनौवर देवान, हसमोदिन मिया मंसुरी, नाजिर देवान लगायतको उपस्थित रहेको थियो ।