- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन्, घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
सिमरा तर्फबाट जीतपुर तिर आउदै गरेको प्रदेश २-०३-०१२ प ७१३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जादैगरेको प्रदेश २-०३-०२१ प ७९९१ मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएकालाई विरगञ्ज स्थित रहेको गण्डक अस्पतालमा उपचार भईरहेको छ । प्रदेश २-०३-०१२ प ७१३१ नम्बरको मोटरसाइकल चालकलाई आईसियुमा राखि उपचार भईरहेको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



