जीतपुरमा त्रिमुर्ती शिव जयन्तीको अवसरमा प्रवचन समारोह सम्पन्न

  • एस.एस. पटेल, बारा ।

८६ औं त्रिमुर्ती शिव जयन्तीको अवसरमा बाराको जीतपुरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । “परमात्मा प्रत्यक्षता महाशिवरात्री” विषयक प्रवचन समारोह सम्पन्न भएको हो । प्रवचन संगै समारोहमा संस्कृतिक झाकि र नृत्यनाटक पनि प्रस्तुत गरिएको थियो ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरको शिवम् पार्टी प्यालेसमा ब्रह्माकमारी राजयोग सेवा केन्द्र विरगञ्जकी मुख्य संचालिका रविना दिदिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेशका प्रदेश सभासदस्य तथा पुर्व भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल प्रमुख अतिथि रहनु भएको थियो ।

ब्राह्मकुमारी राजयोग उप-सेवा जीतपुरले आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनु भएको सोनलले विश्व बढ्दो आधुनिकरणको कारण प्राकृतिक बाट निकै टांढा हुँदै गएको बताउनु भएको थियो । उंहाको अनुसार प्रविधिक संगै प्रकृतिकलाई पनि संगसंगै लग्नु पर्ने ठाउँमा सबैले प्रकृतिकलाई भुल्दै गएको बताउनु भयो ।

यता कार्यक्रमलाई समापन गर्दै कार्यक्रमकि अध्यक्ष रविना दिदिले भगवानको परिभाषा सहित मीठो प्रवचन र वाणी दिएर कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सन्जय साह, लोसपाका क्षेत्रीय अध्यक्ष घनश्याम गिरि, नगर उद्योग वाणिज्य संघका महासचिवमा शिवजी साह सोनार, गणेश प्रसाद कलवार, नेता अफ्ताव आलम, जीतपुर रेडिमेड व्यवसायी संघका अध्यक्ष प्रकाश गिरि, विभिन्न ब्राह्मकुमारी राजयोग सेवा केन्द्रका संचालक, विभिन्न पार्टीको र संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।