तेस्रो बकुुलिया गोल्ड कपको उपाधि बिरगंज युुथ एकेड्मीले उचाल्यो

एस.एस.पटेल, बारा ।

तेस्रो बकुुलिया गोल्ड कपको उपाधि बिरगंज युुथ एकेड्मी पर्साले उचालेको छ । फाईनल खेलमा बकुुलिया ११ भवानीपुुर ,बारालाई हराउँदै बिरगंज युुथ एकेड्मी बिजय भएको हा् । निर्धारित सयममा बिरगंज युुथ एकेड्मीले ३ गोल गरयो भने बकुुलिया ११ भवानीपुुरले एक गोल मात्र गर्न सफल भएको थियो ।

खेलको म्यान अफ दि म्याच बिरगंज युुथ एकेड्मीका जर्सि नं.१६ का खेलाडि सुुजल डंगोल भ एभने म्यान अफ दि सिरिज बकुुलिया ११ का चतुुर्धन चौधरी घोषित भए । बिजय क्लब बिरगंज युुथ एकेड्मीले एक लाखको चेक र बकुुलिया ११ भवानीपुुरले ५० हजार रुपैयाको चेक प्रमाण पत्र ,मेडल र शिल्ड प्राप्त गरयो ।

प्रथम र द्धितीय हुुने क्लबहरुलाई चेक र पुुरस्कार संघिय सरकारका पुुर्ब शिक्षा मन्त्री गिरिराज मणि पोख्रेलले प्रदान गर्नुुभएको थियो ।तेस्रो बकुुलिया गोल्डकपको फाईनल खेलको उद्घाटन गर्दै पुुर्ब मन्त्री पोख्रेलले खेलकुुदको बिकासबाट देशलाई समृद्ध बनाउँन सक्ने बिचार ब्यक्त गर्नुुभएको थियो । खेलकुुदको गर्न तिनै तहको सरकार गम्भिर भएर लाग्नुुपर्ने धारणा ब्यक्त गर्नुुभयो ।

आयोजक जितपुुरसिमरा उपमहानगरपालिका वडा नं.५ का वडा अध्यक्ष मोहित चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न क्षेत्रमा योग्दान पुुरयाउँनुुभएका ब्यक्तित्वहरुलाई मायाको चिनो र प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा संबिधान सभा सदस्य जयराम दहाल ,नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य दिनेस राई , नेकपा माओवादी केन्द्रका जीतपुुरसिमरा नगर अध्यक्ष प्रेम बराल ,नेकपा माओवादी केन्द्र कलैया उपमहानगर अध्यक्ष मुुकेस साह , नेकपा एकीकृत समाजवादी जीतपुुरसिमरा नगर संयोजक कृष्ण खनाल ,वडा नं.३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे लगायतको सहभागिता रहेको थियो ।