- एस.एस. पटेल, बारा ।
टिभिएसको नँया मोटरसाइकल राईडर १२५ सिसिलाई जीतपुरमा प्रदर्शन गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको टिभिएसको शोरुमले राईडर १२५ को प्रदर्शनी गरेको हो ।
जीतपुर स्थित रहेको टिभिएसको आधिकारिक विक्रेता सागरमाथा मोटर्सले राईडर १२५ को फिचरलाई प्रचार प्रसार गर्दै ईच्छुक व्यक्तिहरूलाई टेस्ट राईड समेत गर्न दिएको थियो ।
सस्तो मुल्यमा १२५ सिसिको मोटरसाइकललाई स्पोर्ट्स बाईक जस्तो लुक र विभिन्न फिचरहरू दिएर राईडर १२५ लाई बजारमा ल्याइएको छ । चालक र पेसेन्जर दुबैलाई निकै आरामदायी रहेको उक्त मोटरसाइकल हाल टिभिएसको जुनसुकै शोरुमबाट ईएमआई र पुरानो मोटरसाइकलबाट एक्सचेञ्ज गर्न सकिने जीतपुरका आधिकारिक विक्रेता सागरमाथा मोटर्सका संचालक दिनदयाल चौधरीले बताउनु भयो ।
राइडर १२५ मोटरसाइकलले एक लिटर पेट्रोलमा ५५ किलोमिटर सम्म चल्ने कम्पनीले दावी गरेको छ । १२५ सिसिको मोटरसाइकल भएपनि हेर्दा र चलाउदा ठोलो मोटरसाइकल चलाएको महसुस भएको राइडरहरूले बताइरहेका छन् ।




