जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले गर्यो आफ्नो क्यालेन्डर बिमोचन

  • एस.एस. पटेल, बारा ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले २०७९ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । संघले आफ्नो मुख्य कार्यालय जीतपुरमा एक कार्यक्रमको आयोजना गरि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको क्यालेन्डरमा राजस्व र कर सम्बन्धि नियमहरू, आपतकालीन समयमा काम लाग्ने प्रहरी, एम्बुलेन्स लगायतको टेलिफोन र मोबाइल नम्बरहरू पनि समावेश गरिएको छ ।

यता सार्वजनिक भएको क्यालेन्डरमा सबै थोक सहज तरिकाले देखाईएको भए पनि बारामा रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको फोटो समावेश भएको भए अझ राम्रो हुने संघका वरिष्ठ उपाध्यक्ष मोहन सर्मा लामिछानेले फेस्बुक मार्फत जिज्ञासा राख्नु भएको छ ।

कार्यक्रममा आन्तरीक राजश्व कार्यालय सिमराका प्रमुख नारायण प्रसाद भण्डारीले क्यालेन्डरको बिमोचन गर्नुभएको हो । ब्यवसायीहरुलाई सहज हुने तरीकाले यस नगर संघले नयाँ वर्ष २०७९ को  क्यालेनडर सार्वजनिक गरेको हो ।  क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरीक राजश्व कार्यालय सिमराका प्रमुख भण्डारीले संघले ब्यवसायीहरुको लागि खेलेको भुमिकाको बारेमा प्रशंसा समेत गर्नुभएको थियो ।

संघका अध्यक्ष संजय साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका नि.अध्यक्ष एवम् लोसपा नेपाल बारा क्षेत्र नं. ४ का अध्यक्ष घनश्याम गिरि, वरिष्ठ उपाध्यक्ष मोहन शर्मा, उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी साह सोनार, कोषाध्यक्ष अमर यादव लगायत संघका सल्लाहकार, सदस्यहरूको सहभागीता रहेको थियो ।