असारबाट नयाँ शैक्षिकसत्र सुरु गर्न विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले असारबाट नयाँ शैक्षिकसत्र सञ्चालनका लागि जेठभित्रै विद्यार्थीहरूको परीक्षा मूल्यांकन तयार गर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले आइतबार विज्ञप्ति जारी गर्दै उपयुक्त विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको हो । ‘अनलाइन वा अफलाइन विधिबाट इमेल वा अन्य उपयुक्त ढाँचामा जेठ २० गतेसम्म परीक्षा सक्न र जेष्ठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने र असार पहिलो साताबाट शैक्षिकसत्र सञ्चालन गर्न यसै सूचनाबाट सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कक्षा ८ को नगरस्तरीय परीक्षाको सम्बन्धमा भने छिट्टै अर्को निर्णय गरिने महानगरको भनाइ छ ।