बीरगन्ज महानगरको उपमेयरमा आलमको उम्मेदवारी दर्ता

  • बीरगन्ज,१२ वैशाख ।

नेपाली कांग्रेसले वीरगन्ज महानगरमा इम्तियाज आलमलाई उपमेयर उम्मेदवार बनाएको छ।

सत्तारूढ गठबन्धनको भागबन्डामा कांग्रेसले बीरगन्जको उपमेयर पाएको थियो । बीरगन्जमा गठबन्धनबाट जनता समाजवादीले मेयर पाएको छ। जसपाले मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ।

आलमले उम्मेदवारी दर्ता गरेसँगै बीरगन्ज महानगरपालिकाको उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिना जयसवाल र स्वतन्त्रबाट शालिक प्रसाद कानुले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस पर्साका सचिव रहेका आलम नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हुन्।