- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदका लागी नेपाली काग्रेसको तर्फबाट युना नेता बिजय बोम्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यालय पुगेर बोम्जनले वडा अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
युवा पुस्तामाझ निकै नै लोकप्रिय बोम्जनले वडा अध्यक्षका लागी काग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । बोम्जनसंगै वडा सदस्य पदको लागी रामबाबु तामाङ, शान्तिदेवी मण्डल, बिमला देवी बस्नेत र रामकुमार अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।


