- बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरमा जनता समाजवादी पार्टी र जनमोर्चाले केन्द्रीय तहमा भएको गठबन्धनलाई सघाउँने भन्दै शुक्रवार उम्मेदवारी फिर्ता लिने निणर्य गरेको छ ।
गठबन्धनमा रहेका जीतपुरसिमरा उपमहानगर स्तरीय बैठकबाट उक्त निणर्य भएको गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसका सभापति छविलाल शर्माले जानकारी दिए ।
यसैगरी गठबन्धनको मर्म अनुरुप पालिका भित्रका वडा तहमा आ-आÏना उम्मेदवारलाई सघाउँदै स्वस्थ प्रतिस्पर्धा गरी अघि बढ्ने निणर्य समेत गरेको छ ।
यसैगरी बैठकले निर्वाचन सम्पन्न पश्चात मनोनित हुँने कार्यपालिका सदस्यमा राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र नेकपा समाजवादीबाट एक-एक जना सदस्य मनोनित गर्ने निणर्य समेत गरेको छ ।



