भारतमा बनायो कोरोनाविरुद्ध ‘खाने औषधि’, आज लन्च गरिँदै !

कोरोना भाईरस विरुद्धको लडाईमा भारतले खाने औषधि बनाउन सफल भएको छ । भारतमा बनेको कोभिड विरूद्वको खाने औषधि ‘२-डीजी’ आज  लन्च गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले  उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएकाे हाे । याे औषधि काेराेनािविरूद्ध खाेपकाे सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएकाे छ ।

भारतिय संचार माध्यमका अनुसार शुभारम्भ भए पछि एक-दुई दिनमै सर्वसाधारण कोरोना संक्रमितका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ ।

कोसिड- १९  काे मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपतकालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रालयले अनुमति पाइसकिएकाे बताएकाे थियाे । ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (DCGI) ले उक्त प्रयाेगका लागि अनुमति प्रदान गरेको हाे । कोरोनाका नयाँ केसहरुमा लगातार भएकाे  वृद्धिलाई ध्यानमा राखी यस औषधिको आपतकालीन प्रयोगका लागि अनुमति दिइएकाे थियो ।