जीतपुसिमरामा लोसपाको घरदैलो, चुनावी प्रचारलाई लोसपाले दियो तिब्रता

  • जानकारी नेपाल, डेस्क ।

जीतपुरसिमरा उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले घरदैलो अभियानलाई तिब्रता दिएको छ । मेयर–उपमेयरसहित वडा अध्यक्षका उम्मेदवारहरुलाई जिताउन लोसपाले जीतपुरसिमरामा घरदैलो अभियानलाई तिब्रता दिएको हो ।

चुनावी अभियान अन्र्तगत लोसपाले आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा घरदैलो गरेको छ । मेयरका उम्मेदवार सञ्जय साहसहितको उपस्थितिको लोसपाले वडा नम्बर १० मा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । वडा नम्बर १० मा लोसपाको तर्फबाट सरोज यादव अध्यक्षमा उम्मेदवार हुनुहुन्छ ।

लोसपाले यसअघि हिजो वडा नम्बर ९ र ७ मा घरदैलो गरेको थियो । चुनावी अभियान अन्र्तगत भोलि वडा नम्बर २ मा घरदैलो गरिने लोसपाका नेता राजाराम साहले जानकारी दिनुभयो ।