- जानकारी नेपाल डेस्क ।
जीतपुरसिमरामा नेकपा एमालेका उमेदवार चुनावी एजेन्डा सहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्र सहित उम्मेदवारहरु आफ्नो घरदैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन् ।
कतिपय मतदाताले उम्मेदवारलाई विजयी भएपछि पनि घरदैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझावदिए । घरदैलो कार्यक्रमको सिलसिलामा जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेका मेयर–उपमेयरका उम्मेदवार वडाध्यक्ष र सदस्यसहित २३ नम्बर वडा पुग्दा त्यहाँका मतदाता निकै उत्साहित देखिए ।
एक कार्यकाल एमालेकै तर्फबाट जीतपुरसिमराको उप मेयर चलाएकी सरस्वती चौधरी र दुई कार्यकाल तत्तकालिन पिपरा सिमरा गाबिस चलाएका भोला प्रसाद अधिकारी आफ्नो घरदैलोमा पुग्दा धेरै मतदाताले उनीसँग थप विकासको अपेक्षा गरेको बताए । समृद्द जीतपुरसिमराको आधार , बहुमत सहित एमालेको सरकार नारा लिएर जनताको घर दैलोमा पुगेको एमालेले चुनावी प्रतिबद्दता पत्रमा अघिल्लो कार्यकालको समिक्षा समेत गरेको छ।
उप मेयरको रुपमा काम गरिरहदा न्य्यायिक समितिको संयोजक र भौतिक पूर्वाधार अनुगमन समितिको संयोजकका रुपमा जनताको साना साना समस्यालाई बुझेकाले ति समस्याको समाधानका लागि पनि नगर बासिले आफूलाई मतदान गर्नेमा प्रमुख पदका आकांक्षी सरस्वती चौधरी ढुक्क छिन्।
जीतपुरसिमरा – २३ मा एक बृद्ध मतदातासंग मज्जाले गफी रहेका उपमेयरका आकांक्षी भोला प्रसाद अधिकारीले ति बृद्धलाई देखाउदै भन्नुभयो , “उहाहरुको आशिर्वाद , युवाहरुको जोश र नेकपा एमाले प्रतिको आकर्षणले हामी बिजयउन्मुख छौ। हामी चुनावी एजेन्डाको आधारमा जनतासंग मत मागी रहेका छौ, जनताले जीतपुरसिमरा चलाउने अधिकार दिएको खण्डमा अन्तिमवर्ष सम्ममायी घोषणा पत्रअनुरुप कार्य सम्पन्नगर्दछौ।“
शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, बिजुली, सम्मानित कृषि पेशा, महिला सशक्तिकरण, दिगो बिकास, भुमिहिनलाई लालपुर्जा वितरण, फोहोर व्यवस्थापन तथा इन्सिनेरेटर जडान, फोहोरबाट प्राङ्गारिक मल उत्पादन लगायतका एजेन्डाहरु एमालेको प्राथमिकतामा रहेका छन्।



