- जानकारी नेपाल, डेस्क ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
जीतपुरसमरामा एमालेबाट मेयर पदकी उम्मेदवार सरस्वती देवी चौधरी, उप-मेयरका उम्मेदवार भोला अधिकारी र वडा नम्बर ६ बाट अध्यक्ष र सदस्य पदका उम्मेदवार सहितको टोली सहित नगौल, घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
विगतका दिनमा संचालन भईरहेको घरदैलो कार्यक्रम मध्ये आजको घरदैलो निकै वृहत् देखिएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा एमालेको तर्फबाट कैमुदिन अंसारी (लालु), सदस्यमा खुबलाल महतो, विन्देश्वर सिंह, बुध कुमारी अधिकारी, बबिता देवी माझी उम्मेदवार रहेका छन् ।



