- जानकारी नेपाल, डेस्क ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जीतपुरसिमरा उपमहानगरपालिकामा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
जीतपुरसमरामा एमालेबाट मेयर पदकी उम्मेदवार सरस्वती देवी चौधरी, उप-मेयरका उम्मेदवार भोला अधिकारी र वडा नम्बर ७ बाट अध्यक्ष र सदस्य पदका उम्मेदवार सहितको टोली सहित जीतपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो ।
विगत करिव ८-९ दिन देखि संचालन भईरहेको घरदैलो कार्यक्रम मध्ये आजको घरदैलो निकै वृहत् रहेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा एमालेको तर्फबाट सुनिल कुमार गुप्ता, सदस्यमा नविन मैनाली, नुरूल्लाह अंसारी, सिता उप्रेती र ललिता देवी पासवान उम्मेदवार रहेका छन् ।




