वरिष्ठ नेताहरु संग कांग्रेसको जीतपुरसिमरा ७ मा घरदैलो र र्याली

  • जानकारी नेपाल, डेस्क ।

जील्लामै राम्रो नाम चलेका जीतपुरसिमरा उपमहानगरपालिकाका वरिष्ठ र र्शिष नेताहरुको सहभागितामा जीतपुरसिमरा ७ मा नेपाली कांग्रेसले घरदैलो र र्याली कार्यक्रम सम्पन्न गरेको छ ।

चुनावी प्रचारप्रसारका लागि नेपाली कांग्रेसले जीतपुरसिमराका वरिष्ठ नेपाली कांग्रेसका नेता कृष्णबतर सिंह, राजेश्वर गिरि, नेपाली कांग्रेस जीतपुरसिमराका नगर सभापती छविलाल शर्मा लगायतको नेताहरुको सहभागितामा जीतपुरसिमरा ७ मा कांग्रेसले घरदैलो र र्याली कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा नेताहरुले जीतपुरसिमरा उपमहानगरपालिका वाड नम्बर ७ ले नै जित्ने दावि गर्दै नेपाली कांग्रेसले यंहा गरेका कामहरुको समिक्षा गरेका थिए । जीतपुरमा विकास गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस गरेको सम्मेत नेताहरुले दावी गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट नेपाली कांग्रेसबाट वडा अध्यक्षमा मुगले आजम मंसुर, सदस्यमा ज्ञनी पासवान , बिनाेद राैनियार, हरिनारायण राैनियार , बिभा गुप्ता उम्मेदवारी दिएका छन् ।