जीतपुरसिमरा २३ मा शिर्ष नेताहरू सहित लोसपाको बृहत घरदैलो

  • जानकारी नेपाल, डेस्क ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा शिर्ष नेताहरूको सहभागीतामा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

लोसपा नेपालका शिर्ष नेता एवम् पुर्व मन्त्री एकबाल मियाँ, पुर्व मन्त्री एवम् लोसपा नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल लगायतका शिर्ष नेताहरूको सहभागीतामा आज आईतवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्कर २३ को टाेलटाेलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा अध्यक्ष पदमा लाेसपा तर्फबाट असलम देवान, सदस्यमा असरफ मियाँ मंसुरी, सगिर अहमद देवान, नुरजहान खातुन, रिना देवी उम्मेदवार रहेका छन् ।

घरदैलो कार्यक्रममा लोसपाका नेता र उम्मेदवारहरूले समाजमा विकास गर्ने, सुशासन कायम गर्ने पार्टीको एक मात्र लोसपा साईकल छाप रहेको दावी गर्दै लोसपामा भोट हाल्न अनुरोध गरेका थिए ।