- जानकारी नेपाल, डेस्क ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा गठबन्धन अग्रस्थानमा छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भईरहेको मतगणनाको मतपरिणाम अनुसार गठबन्धन अग्रस्थानमा पुगेको हो ।
मतपरिणाम अनुसार वडा नम्बर २४ को वडा अध्यक्षमा गठबन्धन तर्फ नेपाली काग्रेसले ६०५ मत ल्याएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ५६६ मत ल्याएको छ । तेस्रोमा रहेको नेकपा एमालेले भने २७७ मत ल्याएको छ । यता स्वतन्त्रबाट गुलाफ चिन्हमा १ मत प्राप्त भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा करिब ३०० मत अझ गन्न बाकि रहेको छ ।
नगर प्रमुख र उपप्रमुखको मत परिणाम
नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल : ५६९
लोसपा सञ्जय साह : ५६८
एमाले सरस्वती देवी चौधरी : २७७
स्वतन्त्र गुलाफको फुलः १
उप–प्रमुख
काग्रेस मेघा शाही : ६०२
लोसपा बिपि मोक्तान : ५६६
एमाले भोला अधिकारी : २७५



