- जानकारी नेपाल, डेस्क ।
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा वडा नम्बर १, २, २३ र २४ को मतगणना भईरहेको छ ।
यो समाचार तयार पार्दासम्म वडा नम्बर १ मा साझा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार हिरा बहादुुर गुरुङले अग्रता लिनुभएको छ ।
गुरुङले ४४४ मत ल्याउदा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हिरा बस्नेतले २९७ मल ल्याउनुभएको छ । तेसै गरि राप्रपाले ६ र नेकपा एसले २ पद ल्याएको छ ।
तेसैगरि अहिलेसम्म साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेलले १०६८ मत ल्याउनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगर प्रमुखका उम्मेदवार सञ्जय साहले भने ७८६ मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेको तर्फबाट नगर प्रमुखकी उम्मेदवार सररस्वती देवी चौधरीले भने ५७३ मत ल्याउनुभएको छ ।
उपमेयरमा अहिलेसम्म साझा गठबन्धनको तर्फबाट नगर उपप्रमुखका उम्मेदवार मेघा साहीले ११८५ मत ल्याउनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार विपी मोक्तानले भने ५८९ मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेको तर्फबाट नगर उपप्रमुखको उम्मेदवार भोला अभिकारीले ५८३ मत ल्याउनुभएको छ भने राप्रपाबाट उपप्रमुखकी उम्मेदवार सुस्मा मिश्राले १२ मत ल्याउनु भएको छ ।



