- जेठ १५-
सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउँने जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेस गरेको बजेटमा सो संख्यामा पर्यटक भित्र्याउँन विशेष कार्यक्रमहरु सञ्चालन गरिने जनाइएको हो । सरकारले हरित पर्यटन तथा पर्यापर्यटन प्रवद्र्धन गरिने जनाएको छ । त्यसैगरी ग्रामीण जीवन, हिलस्टेशन निर्माणलगायत यस क्षेत्रको विकासको लागि पर्यटन क्षेत्रको लागि ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।


