- एस.एस. पटेल, बारा ।
विश्व वातावरण दिवस २०७९ को अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । उपमहानगरको वडा नम्बर २ स्थित सम्झौता टोलमा रहेको वनवाटिकामा वृक्षारोपण गरिएको हो ।
विश्व वातावरण दिवसको दिन आयोजना गरिएको वृक्षारोपण कार्यक्रम अन्तरगत ठुला साना गरि १० भन्दा बढी प्रजातिका विरूवाहरू रोपिएको थियो ।
कार्यक्रममा वातावरण सम्बन्धि जनचेतना फैलाउने, फोहोर व्यवस्थापन, कलकारखानाको प्रदुषण न्युनीकरण, प्लास्टिक जन्य बस्तुलाई न्युनीकरण, जिरो वेस्त लगायतका विषयमा चर्चा गरिएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा सोही उपमहानगरका उप-प्रमुख भोला अधिकारी, उपमहानगरका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन संघ संस्थाका प्रमुख प्रतिनिधिहरू, जीतपुरसिमराकी वातावरण ईन्जिनियर पुस्पा सिंह लगायत उपमहानगरका कर्मचारी र स्थानियहरूको उपस्थिति रहेको थियो ।




