सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

जेष्ठ २२, सप्तरी ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा करेण्ट लागेर एक महिलाको आज मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–४ कठौनामा करेन्ट लागेर स्थानीय ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पङ्खाको तार जोड्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएकी खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।