जेष्ठ २५ गते जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधिवेशन सहितको साधारणसभा हुने

  • एस.एस. पटेल, बारा ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघक‍ो अधिवेशन सहितको साधारणसभा यहि जेष्ठ २५ गते हुने भएको छ । संघको आफ्नै जीतपुरको मुख्य कार्यालयको सभाहलमा संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा हुने छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको प्रमुख आतिथ्यतामा हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधिवेशन सहितको साधारणसभामा जीतपुरसिमराका नवनिर्वाचित मेयर, उपमेयर सहित सम्पुर्ण वडाका वडा अध्यक्षहरूलाई सम्मान समेत गरिने संघका अध्यक्ष संजय कुमार साहले बताउनु भयो ।

विधिवत् र नियम अनुसार संघले साधारणसभा सम्पन्न गरि अधिवेशनको लागि बन्द सत्र खुल्ला गरि अध्यक्ष पद बाहेक सम्पुर्ण पदाधिकारी सहित सदस्यहरूको चयन सर्वसमतमा नभए निर्वाचन प्रक्रियाबाट चुनाव गरेर चयन गरिने छ ।

उद्योग वाणिज्य संघको नियमअनुसार बरिस्ठ उपाध्यक्ष स्वत् अध्यक्ष हुने प्रावधान भएको हुनाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वत अध्यक्षमा चयन हुनुहुनेछ ।