लायन्स कल्ब अफ जितपुरसिमराद्वारा जितपुरको सडक पेटिमा वृक्षारोपण

  • जानकारी नेपाल, डेस्क ।

बिश्व वातावरण दिवस २०७९ को अवसरमा लायन्स कल्ब अफ जितपुरसिमरा द्वारा जितपुरको सडक पेटिमा वृक्षारोपण गरिएको छ । जितपुरसिमरा नगरलाई हराभरा बनाउने उद्देश्यका साथ आज वृक्षारोपण गरिएको हो ।

“रुख घरको आभुषण, टाढा राख्छ प्रदुषण ” भन्ने मुल नाराका साथ लायन्स कल्बले हरेक वर्ष वृक्षारोपण गर्दै आएको लायन्स कल्ब अफ जितपुरसिमराका पुर्व अध्यक्ष मुकुन्द बहादुर क्षेत्रीले बताउनु भयो ।

लायन्स कल्ब अफ जितपुरसिमराकि अध्यक्ष लायन नारायणी रायमाझिको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा लायन्स कल्ब अफ जितपुरसिमराका पुर्व अध्यक्ष कृष्ण व्रत सिंह, सन्जय कुमार साह, हरिहर प्रसाद कलवार लगायतको उपस्थिति रहेको थियो ।