महिलालाई महिनावारीमा असन्तुलन हुन सक्छ । यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ ।
यस्ता छन घरेलुउपायहरू
– मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँनु ।
– मुला, भटमास, मेथी र गाँजरको मिश्रणबाट जुस बनाई पिउँनुस् ।
– गुड र तिलको लड्डुको प्रयोग गर्नुस ।
– महिनावारीमा विभिन्न समस्या आउँछ र एकाग्रता हुँदैन भने अनारको बोक्राको सहारा लिन सकिन्छ । यसका लागि बोक्रा सुकाई पिसेर पानीसँग एक चम्चा पिउनुपर्छ । यसले आराम पनि प्रदान गर्छ ।




