- जानकारी नेपाल, डेस्क ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारी र सदस्यले सोमबार सपथ ग्रहण गरेका छन् । संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच प्रमुख निर्वाचन अधिकृत एवम् आजको कार्यक्रमका अध्यक्ष मुकुन्दबहादुर क्षेत्रीले सपथ ग्रहण गराउनु भएको हो ।
नयाँ कार्यसमिति चयनका लागि असार ११ गते शनिवार सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि १८ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचनबाट संघको अध्यक्षमा मोहन शर्मा, बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता, वाणिज्य उपाध्यक्षमा गजेन्द्र गुप्ता, उद्योग उपाध्यक्षमा बिजयकुमार साह, महासचिवमा प्रकाश गिरी, कोषाध्यक्षमा रामबाबु कलवार, वाणिज्य सचिवमा विष्णुप्रसाद अधिकारी, उद्योग सचिवमा मुकेश साह निर्वाचित भएका थिए ।
निर्वाचितमध्ये अध्यक्ष शर्मा र उद्योग सचिव साह निर्विरोध भएका हुन् । यसैगरी वाणिज्य सदस्यमा सन्तोष कुशवाहा, आशा दाहाल, राजुप्रसाद साह, तसौवर हुसेन, विन्देश्वरप्रसाद साह, प्रदीप कुमार र रिता कँडेल निर्वाचित भएका थिए ।
यता उधोग तर्फको सदस्यमा राकेशप्रसाद गुप्ता, राजेशकुमार प्रसाद साह र रिना रौनियार पुरी बिजयी भएका थिए ।




